सोमबार, अप्रिल १३, २०२६
लगइन | दर्ता गर्नुहोस् | English | नेपाली |
ब्रेकिंग
This year class 12 exam from next Baisakh 14th

यस बर्ष कक्षा १२ को परीक्षा आगामी बैशाख १४ गतेबाट

Admin
फेब्रुवरी २७, २०२६
१५० पटक हेरिएको

यस बर्ष कक्षा १२ को परीक्षा आगामी बैशाख १४ गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको परीक्षा तालिका अनुसार बैशाख २७ गते सम्ममा सबै परीक्षा सम्पन्न हुने छ । 

तोकिएको परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था नगरिने बोर्डले जनाएको छ । कुनै आकस्मिक बिदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाविना परीक्षा स्थगित नगरिने समेत बोर्डले जनाएको छ । 

यस बर्ष कक्षा १२ मा नियमित तर्फ तीन लाख ६० हजार विद्यार्थी रहेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । आँशिकको संख्या भने केही दिन पछि मात्रै यकिन हुने उनले बताए । गत बर्ष कक्षा १२ मा नियमित तर्फ तीन लाख ९६ हजार तीन सय ४७ र आँशिक तर्फ एक लाख १४ हजार छ सय ४० विद्यार्थी परीक्षामा सहभागी थिए । 

गत बर्ष कक्षा १२ को परीक्षा बैशाख २१ गते देखि शुरु भएको थियो । नेपाल शिक्षक महासंघले गरेको सडक प्रर्दशनका कारण गत बर्षको परीक्षा तोकिएकै समयमा हुने नहुने अन्योलमा परेको थियो । शुरुमा ११ गतेका लागि तोकिएको परीक्षामा नसघाउने शिक्षक नेताहरुका धम्किका कारण परीक्षा बोर्डले कर्मचारी परिचालन गरेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । यही विवादका बिच बोर्डले १० दिन पछि सारेर बैशाख २१ गतेबाट परीक्षा गर्ने निर्णय गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरू

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

लगइन गर्नुहोस्

यो समाचार सेयर गर्नुहोस्

shaikshik radio