परिक्षा केन्द्र मै उत्तर पुस्तिका जांच गरिने, १५ दिन मै एस ई ई को नतिजा !
काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलमार्फत माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा १५ दिनभित्रै सार्वजनिक गर्ने गरी कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीको निर्देशनपछि बोर्डले नतिजा प्रकाशन प्रक्रिया छिटो बनाउन नयाँ कार्यविधि तयार गरिरहेको छ । बोर्डका अनुसार तयार गरिएको कार्यविधि आज मंगलबार बस्ने बोर्डको पूर्ण बैठकले पारित गर्नेछ भने पारित कार्यविधि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेश गर्ने तयारी बोर्डले गरेको छ ।
बोर्डका एक अधिकारीले भने‘सरकारको निर्देशनअनुसार १५ दिनभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कार्यविधि तयार गरि रहेको छ,’ सो कार्यविधिमा ‘परीक्षालाई मर्यादित, भयरहित र निष्पक्ष बनाउने व्यवस्था पनि यसमा समेटिएको पनि जानकारी गराए ।’
स्रोतकाअनुसार केन्द्राध्यक्ष, सुरक्षाकर्मी र सीसीटिभीको निगरानीमा उत्तरपुस्तिका जाँच गरिने व्यवस्था मिलाइने र परीक्षा केन्द्रमै परीक्षा भएकै दिन सम्बन्धित विषयको उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था गरिने उनले बताए । त्यसपछि सोही दिन उत्तरपुस्तिका संगै प्राप्ताङ्क सिलबन्दी गरि आफ्नो सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा पठाइने व्यवस्था गरिनेछ ।