सूर्योदय नगरपालिका ले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव दिलाउने !
मार्च ३०, २०२६
१४६ पटक हेरिएको
पूर्वी पहाडकै ठूलो सूर्योदय नगरपालिका ले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव दिलाउने उद्देश्यले ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ अभियान सुरु गरेको छ। यो कार्यक्रम दिगो रोजगारीका लागि सीप परियोजना (इन्स्योर) र Helvetas Nepal को सहकार्यमा सञ्चालन भइरहेको हो।
यस अभियानमार्फत कक्षा ८–१० का विद्यार्थीलाई आफ्नो रुचि अनुसार पेसा छनोट गर्न सहयोग गरिनेछ। विद्यालयबाहिर उद्योग तथा व्यवसाय भ्रमण, विज्ञसँग अन्तर्क्रिया, बायोडाटा लेखन, अन्तर्वार्ता तयारी र सञ्चार सीपजस्ता गतिविधिमा उनीहरूलाई सहभागी गराइनेछ।
नगरपालिकाले शिक्षा सुधारका लागि ‘१२ महिना–१२ कार्यक्रम’, स्थानीय पाठ्यक्रम, इन्टरनेट सुविधा, ई–हाजिरी, छात्रवृत्ति र विद्यार्थी बैंक खाता जस्ता विभिन्न पहलहरू पनि सञ्चालन गर्दै आएको छ।