बिहिबार, अक्टोबर १५, २०२६
लगइन | दर्ता गर्नुहोस् | English | नेपाली |
ब्रेकिंग
Sunway College Kathmandu's International Success in AI Education, Honored with the prestigious ASOCIO Award

एआई शिक्षामा सनवे कलेज काठमाडौंको अन्तर्राष्ट्रिय सफलता, प्रतिष्ठित ASOCIO अवार्डबाट सम्मानित

Admin
अक्टोबर १४, २०२६
४० पटक हेरिएको


काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) शिक्षाको विकास र दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्‍याउँदै आएको सनवे कलेज काठमाडौंले अन्तर्राष्ट्रिय स्तरमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । कलेजले ‘ASOCIO Digital & AI Awards 2026’ अन्तर्गत ‘AI in Talent Development Award’ प्राप्त गरेको हो ।

सन् २०२६ अक्टोबर ६ मा इन्डोनेसियाको जकार्तास्थित स्विसोटेल जकार्ता पीआईके एभिन्यूमा आयोजित समारोहमा कलेजलाई उक्त अवार्ड प्रदान गरिएको हो । अक्टोबर ५ देखि ७ सम्म सञ्चालन भएको ‘ASOCIO Digital & AI Summit 2026’ अन्तर्गत आयोजित कार्यक्रममा एसिया तथा ओसिनियाका २४ देशका प्रविधि क्षेत्रका नेतृत्वकर्ता, नीतिनिर्माता, उद्योग विशेषज्ञ तथा नवप्रवर्तकहरूको सहभागिता रहेको थियो ।

सनवे कलेज काठमाडौंले एआईसम्बन्धी अनुसन्धान, विद्यार्थीको नेतृत्वमा विकसित प्रविधिमूलक नमुना परियोजना, नवीनतम प्रविधिको प्रयोग तथा व्यावहारिक शिक्षामार्फत दक्ष जनशक्ति विकासमा पुर्‍याएको योगदानका आधारमा उक्त सम्मान प्राप्त गरेको हो । उद्योग क्षेत्रको आवश्यकताअनुसार विद्यार्थीलाई प्रविधिसम्बन्धी ज्ञान, सीप र व्यावहारिक अनुभव प्रदान गर्ने कलेजको प्रयासलाई यस उपलब्धिको महत्त्वपूर्ण आधारका रूपमा लिइएको छ ।

‘एआई नेतृत्वकर्ता निर्माण’मा कलेजको जोड

‘Creating AI Leaders’ अर्थात् ‘एआई नेतृत्वकर्ता निर्माण’ गर्ने लक्ष्यका साथ अघि बढिरहेको सनवे कलेज काठमाडौंले विद्यार्थीमा नवीन सोच, सिर्जनशीलता, अनुसन्धान क्षमता र प्रविधिको व्यावहारिक प्रयोगलाई प्रोत्साहन गर्दै आएको छ ।

कलेजले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी एआईमा आधारित परियोजना विकास, प्रयोगात्मक सिकाइ तथा प्रविधिमार्फत वास्तविक समस्याको समाधान खोज्ने अवसर प्रदान गर्ने शैक्षिक दृष्टिकोणलाई प्राथमिकता दिँदै आएको छ । यसले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्तिका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रविधि क्षेत्रको पहिचान

एसियाली–ओसियानियाली कम्प्युटिङ उद्योग संगठन (ASOCIO) सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित क्षेत्रीय संस्था हो । यसले एसिया तथा ओसिनियामा डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्तासम्बन्धी नवप्रवर्तन, प्रविधिगत सहकार्य र डिजिटल अर्थतन्त्रको विकासलाई प्रवर्द्धन गर्दै आएको छ ।

उक्त अन्तर्राष्ट्रिय समारोहमा सनवे कलेज काठमाडौंसहित नेपालका पाँच प्रविधिसम्बन्धी संस्थाहरू सम्मानित भएका थिए । यसले डिजिटल शिक्षा, एआई प्रविधि र नवप्रवर्तनका क्षेत्रमा नेपाली संस्थाहरूको बढ्दो सक्रियता तथा अन्तर्राष्ट्रिय पहिचानलाई प्रतिबिम्बित गरेको छ ।

सनवे कलेज काठमाडौंले प्राप्त गरेको यो सम्मान नेपाली शैक्षिक क्षेत्रमा एआई शिक्षाको विस्तार, अनुसन्धानमा आधारित सिकाइ र दक्ष जनशक्ति उत्पादनका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा रहेको छ । साथै, यसले विद्यार्थीलाई आधुनिक प्रविधिसँग परिचित गराउँदै सिर्जनशील र व्यावहारिक समाधान विकास गर्न प्रोत्साहित गर्ने शैक्षिक पहलहरूको महत्त्वलाई समेत उजागर गरेको छ ।

विश्वव्यापी रूपमा एआई प्रविधिको प्रयोग र माग बढ्दै गएको सन्दर्भमा कलेजको यो उपलब्धिले नेपालमा प्रविधिमा आधारित शिक्षाको विकास तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने प्रयासलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरू

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

लगइन गर्नुहोस्

यो समाचार सेयर गर्नुहोस्

shaikshik radio