आइतबार, अप्रिल १२, २०२६
लगइन | दर्ता गर्नुहोस् | English | नेपाली |
ब्रेकिंग
Smart board handed over to Indreshwar Mavi, scholarship and uniform support -

इन्द्रेश्वर माविलाई स्मार्ट बोर्ड हस्तान्तरण, छात्रवृत्ति र पोशाक सहयोग -

Bhoj Raj Ghimire
मार्च २७, २०२६
३५ पटक हेरिएको


काभ्रेपलाञ्चोक —  सार्वजनिक सरोकार (Public Concern) को समन्वय, कान्छी बुहारी नानी शुरवि शर्माको पहल तथा लक्ष्मी सनराइज बैंक बागमती प्रदेश र लक्ष्मी सनराइज बैंक पनौती शाखाको सिफारिसमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत इन्द्रेश्वर माध्यमिक विद्यालय, पनौती–७ लाई १ थान स्मार्ट बोर्ड हस्तान्तरण गरिएको छ।
कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको थियो। कार्यक्रममा सभापतित्व सार्वजनिक सरोकारका संयोजक तथा पुण्य माविका निवर्तमान प्रधानाध्यापक सरस्वती कणेलले गर्नुभएको थियो भने प्रमुख अतिथि पनौती नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सविन ताम्राकार रहनुभएको थियो।
विशिष्ट अतिथिहरूमा लक्ष्मी सनराइज बैंक बागमती प्रदेश प्रमुख विनोद गजुरेल, पनौती शाखा प्रमुख सुमन मानन्धर, इन्द्रेश्वर माविका पूर्व प्रधानाध्यापक उमारूद्र बस्नेत तथा विद्यालयका प्रधानाध्यापक कमल के.सी. रहनुभएको थियो। त्यसैगरी अतिथिहरूमा बैंकका कर्मचारी सोना श्रेष्ठ, पत्रकार विकास तिमल्सिना, शिक्षक प्रतिनिधि गोपाल श्रेष्ठ लगायत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षक रूपा थापाले गर्नुभएको थियो।
स्मार्ट विद्यालयको अवधारणाअनुसार विद्यालयको माग बमोजिम शिक्षण सिकाइ क्रियाकलापलाई सरल, प्रभावकारी तथा प्रविधिमैत्री बनाउन स्मार्ट बोर्ड सहयोग गरिएको जनाइएको छ।
कार्यक्रममा १५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको साथै १० जना विद्यार्थीलाई नयाँ शैक्षिक सत्रका लागि विद्यालय पोशाक व्यवस्था गरिएको जानकारी पनि दिइएको छ।
यस कार्यका लागि सहयोग गर्ने शुरवि शर्मा, विनोद गजुरेल, सुमन मानन्धर लगायत लक्ष्मी सनराइज बैंक परिवारप्रति आयोजकले आभार व्यक्त गरेका छन्। साथै इन्द्रेश्वर माविले स्मार्ट बोर्ड प्राप्त गरेकोमा विद्यालय परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरिएको

फोटो ग्यालरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरू

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

लगइन गर्नुहोस्

यो समाचार सेयर गर्नुहोस्

shaikshik radio