सोमबार, अप्रिल १३, २०२६
लगइन | दर्ता गर्नुहोस् | English | नेपाली |
ब्रेकिंग
Redstar M.V. 30th Anniversary and Parents' Day held with various programs

रेडस्टार मा.वि. को ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित सम्पन्न

Bhoj Raj Ghimire
फेब्रुवरी २७, २०२६
२८० पटक हेरिएको


पथरी शनिश्चरे, फागुन १५
रेडस्टार माध्यमिक विद्यालयको ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक तथा शैक्षिक कार्यक्रमसहित सम्पन्न भएको छ। विद्यालयले शुक्रबार बिहान १० बजेदेखि सिनियर ब्लकमा विशेष कार्यक्रम आयोजना गरेको हो।
विद्यालयका प्रवन्ध निर्देशक/प्रिन्सिपल टी.एन. तिम्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। साथै विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, अभिभावक, शिक्षक तथा अन्य अतिथिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो भने स्वागत मन्तव्य शिक्षक बसन्त मादेनले राखेका थिए। त्यसपछि नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले नृत्य, गीत, कविता, भाषण, नाटक, र्याम्प वाक, कथावाचन लगायतका विविध प्रस्तुति प्रस्तुत गरेका थिए।
“साना साना आँखा”, “फूलको आँखामा फूलै संसार”, “लाहुरे दाइ”, “गोर्खे खुकुरी”, “हामी पढ्छौँ, हामी लेख्छौँ” जस्ता सांस्कृतिक प्रस्तुतिहरू कार्यक्रमका विशेष आकर्षण बनेका थिए। त्यसैगरी ‘कमिला र फट्याङ्ग्रा’, ‘मेरो कथा’ लगायतका नाटक तथा समुदाय सहयोगी, जीवजन्तु र ऋतु विषयक र्याम्प वाकले दर्शकको मन जितेका थिए।
कार्यक्रमका विभिन्न चरणमा शैक्षिक सत्र २०८० र २०८१ का उत्कृष्ट विद्यार्थीहरूलाई नर्सरीदेखि कक्षा २ सम्म शैक्षिक पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रमको अन्त्यमा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवसले विद्यार्थीको प्रतिभा अभिव्यक्ति, अभिभावक–विद्यालय सम्बन्ध सुदृढीकरण तथा शैक्षिक उपलब्धिको सम्मान गर्ने उद्देश्य राखेको जनाएको छ।

फोटो ग्यालरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरू

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

लगइन गर्नुहोस्

यो समाचार सेयर गर्नुहोस्

shaikshik radio