आइतबार, अप्रिल १२, २०२६
लगइन | दर्ता गर्नुहोस् | English | नेपाली |
ब्रेकिंग
Prabhu Bank Limited has launched a financial literacy program across the country.

प्रभु बैंक लिमिटेडले देशभर वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको छ ।

Admin
मार्च १७, २०२६
११७ पटक हेरिएको

प्रभु बैंक लिमिटेडले ‘स्मार्ट मनि टक्स’ भन्ने नाराका साथ ‘ग्लोबल मनि विक–२०२६’ अन्तर्गत चैत्र ०२ गतेदेखि देशभर वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको छ ।

बैंकले ‘स्मार्ट मनि टक्स’ भन्ने विषयमा केन्द्रित भई ४७ जना सुक्ष्म, साना र मझौला उद्यमीलाई वित्तीय सेवा लिँदा आवश्यक पर्ने प्रक्रिया, कागजात, र वित्तीय संस्थाबाट वित्तपोषणको लागि आवश्यक योग्यताहरुको बारेमा जानकारी दिएको छ ।

यस क्रममा होटल अनुत्तरा, बौद्धमा एक दिने ‘एकाउण्टिङ्ग फर ग्रोथ’ कार्यक्रम सञ्चालन गरिएको बैकले जनाएको छ ।

प्रभु बैंक नेपालभरका ३१२ शाखा कार्यालय, २८५ एटीएम तथा ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाख भन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथ गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरू

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

लगइन गर्नुहोस्

यो समाचार सेयर गर्नुहोस्

shaikshik radio