भर्ना शुल्क फिर्ता गर्न मन्त्रि सस्मित पोखरेलको कडा निर्देशन !
शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरु हुनु अगावै निजि बिद्यालयहरुले लिने गरेको भर्ना शुल्क कानुन विपरित भएको र सो शुल्क अभिलम्ब सम्बन्धितलाई फिर्ता गरि कानुनको पालना गर्न निर्देशन दिएको छ। साथै निर्देशन पालना नभए कानुन अनुसार कारवाही हुने पनि जनाएको छ।
यस अधिक वर्षहरुमा निजि बिद्यालयहरुले भर्ना शुल्कको नाममा चर्को शुल्क उठाउने गरेकोमा शिक्षा मन्त्रि सस्मित पोखरेल कडा रुपमा प्रस्तुत भएका छन्। उनकै निर्देशनमा शैक्षिक सत्र सुरु हुनु अघि नै उठाइने शुल्क गैरकानुनी हुने मात्र नभई दण्डनीय समेत हुने तर्फ बिद्यालयहरुलाइ सजक हुन र यस्तो कार्य तत्काल बन्द गर्न सूचना जारी गरिएको हो।
बिद्यालयहरुलाई नयाँ शैक्षिक सत्र प्रारम्भ भए पछि संस्थागत बिद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ द्वारा निर्धारित बाहेक अन्य शुल्क संकलन नगर्न पनि र गर्न नदिन सम्बन्धित सबै स्थानीय तहहरुलाई पनि शिक्षा मन्त्रालय द्वारा निर्देशन गरिएको छ।