विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुअगाडि ब्रिज कोर्षका कार्यक्रम रोक्न निर्देशन
काठमाडौँ-विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुअगाडि ब्रिज कोर्षका नाममा भइरहेका कार्यक्रम रोक्न निर्देशन दिइएको हो । यस अघि नेपाल भरि विभिन्न निजि संस्थाहरुले यस्ता कक्षाहरु विभिन्न शुल्क लिई कक्षा संचालन गर्दै आइरहेका थिए। यस्ता कक्षाहरुले अबिभावाकहरुमा पनि आफ्ना बच्चाहरुलाई उच्च शिक्षा अध्यन गर्न राम्रा कलेजहरुमा भर्ना गराउन मद्दत हुने बिश्वास र मान्यता रहने गरेको थियो। जसका लागि पर्ने आर्थिक भार पनि लिने गरिरहेका थिए जुन आफ्नो बच्चाहरुको भविष्यका लागि लगानीको हो भन्ने मानसिकता उनीहरुमा थियो । तर अब भने यस्तो कुनै पनि कक्षा संचालन गर्न नपाउने सरकारले निर्णय गरेको छ।
यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझ पर्ने मन्त्रालयको दाबी छ ।