आइतबार, अप्रिल १२, २०२६
लगइन | दर्ता गर्नुहोस् | English | नेपाली |
ब्रेकिंग
Gandaki Literature Award-2082 Prada Nirmalamani Adhikari will be awarded!

गण्डकी वाङ्मय पुरस्कार–२०८२ प्राडा निर्मलमणि अधिकारीलाई प्रदान गरिने !

Admin
अप्रिल ५, २०२६
१२६ पटक हेरिएको


तनहुँ — तनहुँस्थित गण्डकी वाङ्मय प्रतिष्ठानले यस वर्षको ‘गण्डकी वाङ्मय पुरस्कार–२०८२’ विशिष्ट सिद्धान्तकार तथा सञ्चारविद् प्राडा निर्मलमणि अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको छ।

शनिबार बसेको प्रतिष्ठानको कार्यसमिति बैठकले नेपाली साहित्य, सञ्चार तथा प्राज्ञिक क्षेत्रमा अधिकारीले पुर्‍याएको महत्वपूर्ण योगदानको कदर गर्दै नगद रु १० हजारसहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।


प्रतिष्ठानकी अध्यक्ष गौकुमारी न्यौपानेका अनुसार पुरस्कार नयाँ वर्ष २०८३ को अवसरमा दमौलीमा आयोजना हुने विशेष समारोहबीच प्रदान गरिनेछ। उनले अधिकारीले नेपाली साहित्यको विकास, समृद्धि र विस्तारमा खेलेको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै सोही योगदानको सम्मानस्वरूप पुरस्कृत गर्ने निर्णय गरिएको स्पष्ट पारिन्।

म्याग्दे गाउँपालिका–४ पिपलटार, छाङमा जन्मिएका प्राडा अधिकारी हाल काठमाडौँ विश्वविद्यालयअन्तर्गत भाषा तथा आमसञ्चार विभागमा प्राध्यापक तथा विभाग प्रमुखका रूपमा कार्यरत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरू

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

लगइन गर्नुहोस्

यो समाचार सेयर गर्नुहोस्

shaikshik radio