सोमबार, अप्रिल १३, २०२६
लगइन | दर्ता गर्नुहोस् | English | नेपाली |
ब्रेकिंग
Community Police Service Center and Dawn English School urge to celebrate Holi in a dignified and safe manner.

मर्यादित र सुरक्षित रूपमा होली मनाउन आग्रह सामुदायिक प्रहरी सेवा केन्द्र र डान इङ्लिस स्कुल,

Bhoj Raj Ghimire
मार्च २, २०२६
१३८ पटक हेरिएको


विराटनगर – विराटनगर–२ स्थित तिनपैनीको सामुदायिक प्रहरी सेवा केन्द्र र डान इङ्लिस स्कुल, विराटनगर– ले  होली पर्वलाई शान्त, सभ्य र मर्यादित रूपमा मनाउन सर्वसाधारणमा अनुरोध गरेको छ। “प्रहरी र जनताको संयुक्त प्रयास, शान्ति र सुरक्षाको प्रत्यक्ष अनुभूति” भन्ने नारासहित सार्वजनिक सूचनामार्फत केन्द्रले विभिन्न सचेतनामूलक बुँदाहरू जारी गरेको हो।
सूचनामा होली खेल्दा कसैको इच्छाविपरीत जबर्जस्ती रंग दल्ने, लोला हान्ने तथा फोहोर पानी छ्याप्ने जस्ता गतिविधि नगर्न आग्रह गरिएको छ। महिला, बालबालिका तथा बाटोमा हिँडिरहेका सर्वसाधारणलाई अनावश्यक दुःख–हैरानी नदिन पनि अपिल गरिएको छ।
यस्तै, लागुऔषध तथा मादक पदार्थ सेवन गरी होली नखेल्न र सवारी साधन नचलाउन चेतावनी दिइएको छ। शरीर र स्वास्थ्यमा असर पर्ने अविर वा रंगको प्रयोग नगर्न तथा हेलमेट बिना मोटरसाइकल नचलाउन पनि सूचनामा उल्लेख छ।
कानुन विपरीतका गतिविधि गरेमा कारबाही हुने जनाउँदै अभिभावकलाई आफ्ना छोराछोरीमाथि निगरानी बढाउन आग्रह गरिएको छ। जबर्जस्ती रंग दल्ने वा लोला हान्ने व्यक्तिको पहिचान गरी नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न पनि अनुरोध गरिएको छ।
सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष मिना जोशी, स–सचिव तथा डान इङ्लिस स्कुलका प्रिन्सिपल हिरा बहादुर थापा मगर, कार्यसमिति सदस्य, कर्मचारी तथा विद्यार्थीहरूको सहभागितामा जनचेतनामूलक अभियान सञ्चालन गरिएको थियो। उनीहरूले सिटिरिक्सा चालक, पैदलयात्री, सवारी चालक तथा स्थानीय बासिन्दालाई सूचना पम्प्लेट वितरण गर्दै मर्यादित र सुरक्षित रूपमा होली मनाउन आग्रह गरेका थिए।
बालबालिका, युवा तथा ज्येष्ठ नागरिकलाई माया र सम्मान गर्दै होली पर्वले सकारात्मक सोच र आपसी सद्भाव बढाउन सहयोग पुर्‍याउने विश्वास केन्द्रले व्यक्त गरेको छ। उक्त सूचना डान इङ्लिस स्कुल, विराटनगर–१, रामलक्ष्मण मार्गको सौजन्यमा प्रकाशित गरिएको हो।

फोटो ग्यालरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरू

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

लगइन गर्नुहोस्

यो समाचार सेयर गर्नुहोस्

shaikshik radio