बिहिबार, अक्टोबर १५, २०२६
लगइन | दर्ता गर्नुहोस् | English | नेपाली |
ब्रेकिंग
अंग्रेजी भाषामा लेखिएका तीन कृति एकैपटक सार्वजनिक

अंग्रेजी भाषामा लेखिएका तीन कृति एकैपटक सार्वजनिक

Admin
अक्टोबर ४, २०२६
९७ पटक हेरिएको

काठमाडौं । एउटै परिवारका तीन सर्जकका अंग्रेजी भाषामा लेखिएका तीन कृति एकैपटक सार्वजनिक भएका छन् । आठ वर्षीय सुक्ष्मांक जैसीको ‘क्रिएटिभ स्क्रिबल्स’, १४ वर्षीय सुक्ष्मय जैसीको ‘फस्फर’ र १९ वर्षीय सुशांक जैसीको ‘नेसमाज’ शीर्षकका कृति आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा समालोचक प्रमोद प्रधानले तीनै दाजुभाइका कृति एकैपटक सार्वजनिक गर्न पाउँदा आफूलाई विशेष खुसी लागेको बताए । कम उमेरमै सिर्जनात्मक क्षेत्रमा उनीहरूले देखाएको रुचि र सक्रियता प्रशंसनीय रहेको उल्लेख गर्दै प्रधानले यस्ता प्रयासले बाल तथा युवा पुस्तामा लेखनप्रतिको उत्साह बढाउन सहयोग पुग्ने बताए ।

ADMISSION OPEN

तीनै कृतिले फरक उमेरका सर्जकहरूको सिर्जनशीलता, कल्पनाशक्ति र अंग्रेजी भाषामा साहित्य सिर्जना गर्ने रुचिलाई प्रस्तुत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरू

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

लगइन गर्नुहोस्

यो समाचार सेयर गर्नुहोस्

shaikshik radio